एसइइ परीक्षा २०८१ का लागि पत्रकार सम्मेलन

Press Meet for SEE Exam 2081

None

शिक्षा प्रणालीको महत्वपूर्ण अंगको रूपमा रहेको परीक्षा सञ्चालन प्रक्रियाले विद्यार्थीको सिकाइ र क्षमताको उचित मूल्यांकन र गुणस्तर सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। निष्पक्ष, मर्यादित, र व्यवस्थित परीक्षा प्रणालीले शिक्षाको स्तर उकास्नका साथै विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण शैक्षिक समुदायलाई विश्वास दिलाउने कार्य गर्दछ।

यसै परिप्रेक्ष्यमा, २०८१ साल चैत्र ७ गते देखि १९ गते सम्म २०८१ सालको कक्षा १० को परीक्षा (SEE) सञ्चालन व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित,मर्यादित  र पारदर्शी बनाउनका लागि विद्यमान नीति, विधि तथा प्रविधिहरूको प्रयोगलाई प्राथमिकता दिंदै परीक्षा सञ्चालनका क्रममा हुन सक्ने कुनै पनि अनियमितता, जालसाजी, वा अव्यवस्थालाई न्यून गर्न तथा परीक्षार्थीलाई उचित र व्वस्थित तवरले परीक्षा दिने  वातावरण उपलब्ध गराउन परीक्षासँग सम्वन्धित कोशी प्रदेशमा रहेका संघ, प्रदेश र स्थानीय तहका निकायहरू आ-आफ्नो दायित्व अन्तर्गतका कार्य जिम्मेवारीहरू पूरा गर्न क्रियाशिल रहेको जानकारी गराउदछौं ।

यस कार्यक्रमको उद्देश्य पत्रकार तथा संचारकर्मीहरूमार्फत परीक्षा सञ्चालनसम्बन्धी यथार्थ जानकारी सरोकारवाला सम्म प्रवाह गर्नु हो। साथै, यस भेटघाटबाट परीक्षा व्यवस्थापनको वर्तमान स्थिति, सुधारका उपाय तथा आगामी योजनाहरूको विषयमा विस्तृत छलफल गरी जिम्मेवार निकायहरू र सरोकारवालाबीच प्रभावकारी समन्वय स्थापना गर्न खोजिएको छ।